+
+
Shares

दुई अमेरिकीलाई अर्थशास्त्रको नोबेल पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २६ गते १६:१५

२६ असोज, काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी नागरिकलाई प्रदान गरिएको छ ।

सोमबार द स्विडिस एकेडेमी अफ साइन्सले घोषणा गरेअनुसार यस वर्षको नोबेल पुरस्कार पाउल आर मिल्ग्रोम र रोबर्ट बिल बी विल्सनलाई प्रदान गरिने भएको हो ।

उनीहरुलाई लिलामी सिद्धान्तमा सुधार तथा नयाँ लिलामी प्रारुपको आविष्कार गरेकाले सम्मानस्वरुप यो पुरस्कार प्रदान गरिएको हो । अहिलेसम्म केवल दुई महिलाले मात्र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् ।

सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा भएसँगै यस वर्षको लागि सबै विधाको नोबेल पुरस्कार घोषणा भएको छ । यस वर्षको नोबेल पुरस्कार पाउनेमा सात पुरुष, चार महिला र एउटा संस्था छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?