 
																			२७ असोज, काठमाडौं । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका अनुसार भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति ८ः४० बजे मृत्यु भएको हो ।
असोज २२ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि असोज २४ गते अस्पतालमा भर्ना गरिएको थियो ।
आईसीयूमा राखेर उनको उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालका सूचना अधिकारी डा. किशोर अधिकारीले जानकारी दिए । डा. अधिकारीका अनुसार उनी प्रोस्टेट क्यान्सरबाट पनि पीडित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4