+
+
Shares

जग्गा कित्ताकाट खोल्ने मन्त्रीस्तरीय निर्णयलाई कानुनले चिन्दैनन : संसदीय समिति

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २७ गते १३:४९

२७ असोज, काठमाडौं । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले कृषिभूमि खण्डिकरण गर्ने मन्त्रीस्तरीय निर्णय कानुन सम्मत् नभएको जनाएको छ ।

मंगलबार बसेको बैठकको निर्णय सुनाउँदै समितिका सभापति रामनारायण विडारीले भने, ‘जग्गा कित्ताकाट खोल्ने मन्त्रीस्तरीय निर्णय कानुनले चिन्दैन र यो अर्थहीन छ ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कृषि भूमि कित्ताकाट गर्न रोक्का गर्ने मन्त्रालयको निर्णय खारेज गरेकी थिइन् ।

मन्त्री अर्याल समेत उपस्थित बैठकपछि सभापति विडारीले भने, ‘छिटो भन्दा छिटो नियमावली बनाएर भूउपयोग ऐन अनुसार काम अगाडि बढाउन मन्त्रालयलाई निर्देश गर्दछ ।’

कृषि भूमि खण्डिकरण गर्ने मन्त्रीस्तरीय निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?