
२७ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा कार्यरत चार जना कर्मचारीमा कारोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रशासनबाट हुने अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि रोकिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनलाइनखबरलाई बताए ।
दाहालका अनुसार बुधबारबाट लागू हुने गरी शान्ति सुरक्षा, ठाडो निवेदन, उजुरी, मुद्दाको सुनुवाई र विपद् व्यवस्थापनबाहेकका सेवा स्थगित गरिएको छ । परिस्थितिको विश्लेषण गरेर अवस्था अनुसार नयाँ सूचना जारी गरी सेवा सुचारु गरिने पनि उनले बताए ।
ललितपुर र भक्तपुरमा भने कार्यालय सञ्चालन भइरहेका छन् । तर, भिडभाड बढेको भन्दै दुई जिल्लामा पनि के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4