Comments Add Comment

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

२७ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ५, मोरङका ३, ललितपुर, भक्तपुर र चितवना २/२ जना तथा दोलखा, नुवाकोट, रुपन्देही र लमजुङका १/१ जनाको मृत्यु भएको हो ।

  • गौरीघाट, काठमाडौंकी ७५ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । २१ असोजमा अस्पताल भर्ना भएका उनलाई २२ गते संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप मिर्गौलासम्बन्धी रोग पनि थियो ।
  • गोठाटार, काठमाडौंकी ७३ वर्षीय पहिलाको मंगलबार काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनिया भएर २४ असोजमा अस्पताल भर्ना भएका उनलाई २६ गते संक्रमण पुष्टि भएको थियो ।
  • घट्टेकुलो, काठमाडौंकी ७१ वर्षीया महिलाको बुधबार स्टार अस्पतालमा मृत्यु भएको छ । मधुमेह र उत्तत्तल रक्तचापको समस्या भएकी उनलाई ८ असोजमा कोरोना संक्रमण पुष्टि भएकी थियो भने श्वासप्रश्वासमा समस्या भएर १० गते अस्पताल भर्ना भएकी थिइन् ।
  • लगनटोल, काठमाडौंका ६७ वर्षीय पुरुषको मंगलबार करुणा अस्पतालमा मृत्यु भएको छ । उनी निमोनिया र मुटुको समस्या लिएर १९ असोजमा अस्पताल भर्ना भएका थिए ।
  • जलजले, काठमाडौंका ८० वर्षीय पुरुषको सोमबार वीरेन्द्र अस्पतालमा मृत्यु भएको छ । उनी १९ असोजमा अस्पताल भर्ना भएका थिए ।
  • बुढीगंगा गाउँपालिका-५, मोरङका ७१ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड-१९ उपचार केन्ऽमा मृत्यु भएको छ । दमको समस्या भएका उनलाई शनिबार कोरोना पुष्टि भएको थियो ।
  • सुन्दरहरैँचा नगरपालिका-३, मोरङका ४३ वर्षीय पुरुषको मंगलबार विराट मेडिकल कलेजमा मृत्यु भएको छ । उनी श्वासप्रश्वासमा समस्या भएपछि २४ असोजमा अस्पताल भर्ना गरिएको थियो ।
  • विराटनगर महानगरपालिका-७, मोरङका ४५ वर्षीय पुरुषको मंगलबार विराट मेडिकल कलेज मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएका उनी २१ असोजमा अस्पताल भर्ना भएका थिए ।
  • टीकाथली, ललितपुरका ६७ वर्षीय पुरुषको सोमबार पाटन अस्पतालमा मृत्यु भएको छ । मुटु र मिर्गौलाको समस्या लिएर २२ असोजमा अस्पताल धभर्ना भएका उनलाई कोरोना संक्रमण भएको २६ गते नै पुष्टि भएको थियो ।
  • मंगलबजार, ललितपुरका ५४ वर्षीय पुरुषको आइतबार पाटन अस्पतालमा मृत्यु भएको छ । मधुमेह र मिर्गौलाको समस्याबाट पीडित उनी १७ अेासजमा अस्पताल भर्ना भएका थिए ।
  • ब्यासी, भक्तपुरका ९१ वर्षीय पुरुषको सोमबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको छ । १६ असोजमा संक्रमण पुष्टि भएको उनलाई सोमबार नै अस्पताल लगिएको थियो ।
  • भेकुहेल, भक्तुपरका ५९ वर्षीय पुरुषको भक्तपुर अस्पतालमा मृत्यु भएको छ । निमोनिया भएर २३ असोजमा अस्पताल भर्ना भएका उनलाई २५ गते संक्रमण पुष्टि भएको थियो ।
  • भरतपुर-१०, चितवनका ७६ वर्षीय पुरुषको सोमबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । प्रोस्टेट क्याक्सरका विरामी उनलाई २२ गते कोरोना पुष्टि भएको थियो भने २४ गते भर्ना भएका थिए ।
  • कालिका नगरपालिका-१, चितवनकी ८५ वर्षीया महिलाको मंगलबार होम आइसोलेसनमा मृत्यु भएको छ । उनलाई २४ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पञ्चकन्या-५, नुवाकोटका ८१ वर्षीया महिलाको सोमबार सशस्त्र प्रहरी अस्पताल,बलम्बुमा मृत्यु भएको छ । २१ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी सोमबार नै अस्पताल भर्ना भएकी थिइन् । उनी मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिइन् ।
  • दोलखाका ४७ वर्षीय पुरुषको सोमबार पाटन अस्पतालमा मृत्यु भएको छ । १३ असोजमा कोरोना पुष्टि भएका उनलाई २१ गते अस्पताल भर्ना गरिएको थियो ।
  • बुटवल उपमहानगरपालिका-३, रुपन्देहीका ७२ वर्षीय पुरुषको मंगलबार कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप, मधुमेह र मुटुको समस्या भएका उनी ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएर २ असोजमा अस्पतालमा भर्ना भएका थिए ।
  • बेसीसहर नगरपालिका-२, लमजुङका ५६ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको छ । उनलाई १८ असोजमा संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment