Comments Add Comment

कात्तिक ७ देखि क्लिन फिड लागू गर्ने सरकारी निर्णयको स्वागत

२८ असोज, काठमाडौं । मिडिया एलाइन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघ आनले कात्तिक ७ गतेसम्म विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भइसक्नु पर्ने सरकारको निर्णयलाई स्वागत गरेका छन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै कात्तिक ७ गतेभित्र विदेशी च्यानलहरु क्लिन फिड भइसक्नुपर्ने भन्दै क्लिन फिड प्रशारणको म्याद थप्न अस्वीकार गरेको थियो ।

विज्ञापन ऐन २०७६ मै डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनहरु आगामी कात्तिक ७ गतेभित्र विज्ञापनरहित हुनुपर्ने प्रावधानलाई कुनैपनि वहानामा कार्यान्वयनका लागि ढिलाइ नगर्न यी संस्थाहरुले माग गरेका छन् ।

विज्ञापन ऐन राष्ट्र, राष्ट्रियता र संस्कृतिको जगेर्नाका साथै नेपाली उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न महत्वपूर्ण कोशेढुंगा सावित हुने भएकाले तत्काल प्रभावकारी कार्यान्वय गर्न समेत माग गरेका छन् ।

मिडिया एलाइन्सका नेपालका अध्यक्ष भाष्कारराज राजकर्णिकार, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्मा र नेपाल विज्ञापन संघ आनका अध्यक्ष रवीन्द्रकुमार रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ऐन कार्यान्वयका लागि विज्ञापन वोर्ड गठन अत्यावशयक भएकाले व्यवसायिक व्यक्तिहरुको संलग्नतामा विज्ञापन वोर्डको गठन गर्न ढिलाइ नगर्न माग गर्दछौं । साथै नेपाल केलव टेलिभिजन व्यवसायी महासंघले उठाएका मागको तत्काल सम्बोधन गर्न समेत सरकारसँग जोडदार माग गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment