
दिवंगत सांसद सानु पहाडीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै सभामुख अग्नि सापकोटा । तस्वीर : सभामुखको सचिवालय
२९ असोज, काठमाडौं । दिवंगत सांसद सानु पहाडीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।
सभामुख अग्नि सापकोटाले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे । यसैगरी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीको झण्डा ओढाए ।
लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंं मेडिकल कलेजमा बुधबार निधन भएको थियो ।
दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उनको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी पहाडी २०३६/०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन् ।
ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएकी पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4