+
+

नेकपा नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २९ गते १७:०९
फाइल तस्वीर

२९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि खनाल बुधबार ह्याम्स अस्पताल भर्ना भएका थिए । उनको शरीरमा पानीको मात्र बढी हुनुका साथै दुबै फोक्सोमा पानी जमेकाले श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ ।

उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र यही गतिमा प्रगति भए केही दिमा डिस्चार्ज हुने अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खनालको उपचारमा डा. अर्जुन कार्की, डा. रक्षा पाण्डे र डा. राजु पंगेनी लगायत संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?