+
+
Shares

कालापानी वार्ताबारे भारतीय विदेश मन्त्रालय भन्छ : अहिले भन्नु केही छैन

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २९ गते १७:१८

२९ असोज । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालसँगको कालापानीको विषयमा वार्ताको सभ्भावनाबारे सोधिएको प्रश्नमा अहिले आफ्नो केही भन्नु नभएको बताएका छन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्तामा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा नेपालमा मन्त्रिपरिषदको पुनर्गठन भएको छ अब कालापानीको विषयमा वार्ताको कुनै कुरा अगाडि बढ्छ भनी सोधिएको प्रश्नमा उनले भने, ‘सिमाको विषयमा मैले यस अगाडि नै पोजिसन स्पष्ट पारिसकेको छु, यस विषयमा अहिले भन्नु केही छैन ।’

नेपालले नयाँ नक्सा जारी गरेपछि र संविधान जारी गरेपछि त्यसलाई कृत्रिम भन्दै भारतले स्वीकार नगर्ने बताएको छ । पछिल्लो समयमा नेपालले वार्ताको लागि आग्रह गरेपनि भारत भने मौन रहँदै आएको छ ।

पछिल्लो समयमा विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो प्रश्न निरन्तर सोधिएको छ तर प्रवक्ताले केही पनि बताउन चाहेका छैनन् । नेपालले भने वार्ताका लागि आग्रह गरिरहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?