+
+
Shares

छायांकन सेटमा फर्किइन् दीपिका

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते १४:०७

ड्रग्सको मुद्दामा एनसीबीले सोधपुछ गरेको केही दिनपछि नायिका दीपिका पादुकोण छायांकन सेटमा फर्किएकी छिन् । दीपिका सकुन बत्राको सम्बन्धको कथामा आधारित चलचित्रमा काम गरिरहेकी छिन् । यो चलचित्रमा उनको साथमा सिद्धान्त चक्रवर्ती र नायिका अनन्या पाण्डेले काम गरिरहेका छन् ।

कोरोना भाइरसका कारण रोकिएको चलचित्र छायांकन सेप्टेम्बरदेखि सुरु भएको हो । तर, दीपिका ड्रग्सको मुद्दामा फसेपछि चलचित्रको काम रोकिएको थियो । एनसीबीसँगको सोधपुछपछि दीपिका विगत १० दिनदेखि गोवामा चलचित्रको छायांकन गरिरहेकी छिन् ।

दीपिकाले उत्साहपूर्वक काम गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रले रोड ट्रिपमा निस्किएका साथीहरुको कथा भन्छ ।

हालसम्म नाम तय नगरिएको यो चलचित्रलाई आउँदो बर्षको फ्रेवुअरी २१ मा रिलिज गर्ने तयारी यसको निर्माणपक्षको थियो । तर, कोरोनाका कारण चलचित्रको छायांकन नसकिने भएपछि यसको प्रदर्शन मिति पछि सर्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?