
२ कात्तिक, काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएको जानकारी बैंकर शाहले सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
शनिबार गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको शाहले उल्लेख गरेका छन् । ‘बुधबारदेखि गन्ध हराएपछि परिक्षण गरेर आइसोलेसनमा बसेको तर पहिलो परीक्षणमा रिपोर्ट नेगेटिभ आयो, पुनः परीक्षण गर्दा नतिजा पोजेटिभ देखियो,’ शाहले लेखेका छन् ।
रिपोर्टमा पोजेटिभ आए पनि आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको शाहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4