Comments Add Comment

‘एउटा यस्तो प्रेम कहानी’को टिजरमा शक्ति र कविता

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को दोश्रो टिजर सार्वजनिक गरिएको छ । चलचित्र निर्माण भएर रिलिज हुन्छ या हुँदैन भन्ने चर्चा चलिरहेको समयमा यसको दोश्रो टिजर सार्वजनिक गरिएको हो । चलचित्रका निर्देशक दिपेश सापकोटाले सरकारले चलचित्र हल खुलाउने अनुमती दिएसँगै चलचित्र रिलिज गर्ने जानकारी दिएका छन् ।

यो चलचित्रमा नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको मुख्य भूमिका छ । दोश्रो टिजरमा यी दुई कलाकारलाई देखाइएको छ ।

चलचित्रमा शिव श्रेष्ठ, आयुष्मान देशराज जोशी, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा यशोधा राई र दिनेश दर्शनाधारीको लगानी छ । चलचित्रमा खुम तामाङ, सुनिल कटुवाल, रामनारायण शाह, दिनेश थापामगर, तारा तुलाधर सह–निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment