Comments Add Comment

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

२ कार्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–३ गोलपार्कका ५५ वर्षिय पुरुषको उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा आइतबार मृत्यु भएको हो ।

असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका पुरुष २७ गते अस्पताल भर्ना भई उपचार गराइरहेकोमा आइतबार बिहान ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

डा. गौतमका अनुसार कोरोना संक्रमित पुरुष उच्च रक्तचाप र कलेजोको दीर्घरोगी थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment