Comments Add Comment

डा. सुधा शर्माको ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक

प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ ।

यस पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सिमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ । बुद्धि र व्यंग्यका साथ चनाखो पारामा लेखिएको यो पुस्तकमा शर्माले आफूले भोगेका घटनाहरूलाई चाखलाग्दो गरी प्रस्तुत गरेकी छन् ।

साथै, नयाँ नेपालको समायोजनका क्रममा ब्यूरोक्रेसीभित्रको उबडखाबड बाटो हिंड्दाको अन्तरकथाकै रुपमा यो पुस्तक रहेको प्रकाशक सँस्था नेपालय पब्लिकेशनले जनाएको छ ।

‘डा. शर्माको पुस्तक एक महिलाको कथा हो, जसले पितृसत्ताको असक्षम संरचनामाथि उभिएको ऐनाको महललाई प्रहार गर्ने आँटको कथा बोकेको छ,’ नेपालय पब्लिकेसन्सका सम्पादक भूषिता वशिष्ठ भन्छिन्; ‘यस पुस्तकले नेपालमा पहिचान र लिङ्गमाथि चल्ने छलफल बीच अर्थपूर्ण आयाम थप्नेछ ।’

पुस्तक सार्वजनिक गर्दै पूर्वराष्ट्रपति रामबरण यादवले डा. शर्मालाई शुभकामना व्यक्त गरेका छन् । ‘यो पुस्तकमा तपाईंले आफ्नो प्रशासनिक र डाक्टरी जीवनको सारा अनुभव संगालेर राखिदिनु भएको छ यसले आउने पुस्तालाई केही सिक्ने मौका दिन्छ,’ उनले भने ।

४२५ मा उपलब्ध हुने ‘सिंहदरबारको घुम्ने मेच’ मोटो गातासहितको मूल्य भने ५९५ रुपैयाँ राखिएको छ ।

यो पुस्तक नेपालयले यसवर्षका निम्ति तय गरेको महिला शृङ्खला-२०२० अन्तरगतको अन्तिम प्रकाशन हो । यसअघि दुर्गा कार्कीको कुमारी प्रश्नहरू र भुवन ढुंगानाको परित्यक्ता सार्वजनिक भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment