 
																			३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले महिला सशक्तिकरणमा लघुवित्तको योगदान सह्रायनीय भएको बताएका छन् ।
लघुवित्त वित्तीय संस्थाहरुको भूमिका विपन्न वर्गहरुको आर्थिक पुनरुत्थानमा मात्रै नभई महिला सशक्तिकरण अझ धेरै देखिएको बताए ।
नेपाल लघुवित्त बैंकर्स संघको १४ औं वार्षिक साधारणसभाको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नेपालको मात्रै नभई विश्वका विपन्न वर्गहरुको आर्थिक अवस्था उकास्नका लागि लघुवित्त वित्तीय संस्थाहरुको सकारात्मक भूमिका रहेको उनले बताए ।
तर बेला बखतमा नकरात्मक घटनाहरु पनि सुनिने गरेको भन्दै गभर्नर अधिकारीले यस तर्फ ध्यान दिन लघुवित्तका सीईओहरुलाई आग्रह गरे ।
‘आत्महत्याका घटनाहरु पनि घटेका सुनिने गरेका छन्, यस्ता घटना सुनिनु राम्रो होइन’ गभर्नर अधिकारीले भने, ‘तपाईहरु पनि यस विषयमा सतर्क रहनु होला ।’
बैंक तथा वित्तीय संस्थाहरु ग्राहकको वित्ती परामर्शदाता समेत भएको उनको भनाई थियो । वित्तीय संस्थाहरुले ग्राहकहरुलाई आर्थिक विकासका लागि सकारात्मक सुझावहरु दिनु पर्ने बताए ।
विश्व अर्थतन्त्रमा लघुवित्तको भूमिका राम्रो देखिएको भन्दै नेपालमा पनि यसको असर सकारात्मक रहेको उनले बताए । मुलुकको आर्थिक विकास लागि लघुवित्तको अझै महत्वपूर्ण योगदान होस् भन्ने आफूले चाहेको गभर्नर अधिकारीले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4