+
+
Shares

चार करोड नाघे कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १५:५७

३ कात्तिक, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या चार करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर चार करोड ६३ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै ८१ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने भारतमा संक्रमितको संख्या ७५ लाख नाघेको छ । त्यस्तै ब्राजिलमा ५२ लाखभन्दा धेरै मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । रुसमा पनि कोरोना संक्रमितको संख्या १४ लाख नाघेको छ ।

त्यस्तै अहिलेसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ११ लाख १३ हजार ९०९ पुगेको छ । अमेरिकामा सबैभन्दा बढी दुई लाख १९ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भएको छ भने ब्राजिलमा एक लाख ५३ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा पनि एक लाख १४ हजारभन्दा बढीको कोरोनाबाट मृत्यु भएको छ । त्यस्तै मेक्सिकोमा ८६ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ । विश्वभर दुई कारोड ७५ लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?