+
+
Shares

नेपाल पेमेन्ट सोलुसन र एनसीएचएलबीच सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३ गते १७:४५

नेपाल पेमेन्ट सोलुसन (एनपिएस) र नेपाल क्लियरिङ्ग हाउसबीच भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य गरी नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवर्द्धन गर्न सम्झौता गरिएकोमा आजबाट एनपिएसको प्रणाली इन्टिग्रेसन भई सञ्चालनमा आएको छ ।

उक्त सम्झौता पश्चात् एनपिएसले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेसप्रयोग गरी यस भित्र रहेका एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्नेछ । त्यसै गरी आउने दिनहरुमा एनसीएचएलले एनपिएसका आधुनिक भुक्तानीका संसाधनहरुको पनि प्रयोग गर्न सक्नेछ ।

एनपिएस र एनसीएचएल दुबै नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) को अनुमतिपत्र प्राप्त संस्थाहरु हुन् । यसरी दुइ पिएसओ बीच सहकार्यको सम्झौता पहिलो पटक भएको हो जसबाट नेपालको भुक्तानी पूर्वधारको क्षेत्रलाई थप विस्तार र अन्तरबद्धता स्थापनाका लागि बाटो खुल्ला हुने पनि विश्वास गरिएको छ ।

एनसीएचएलले एनसीएचएल आईपीएस, एनसीएचएल ईसीसी कनेक्ट आईपीएस ईपेमेन्ट र कनेक्छ आरजीटीएस तथा एनपीआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ । बैंक वित्तिय संस्थाहरुका साथै यसले आफ्नो भुक्तानी प्रणालीहरुमा विभिन्न पिएसपी÷ पिएसओहरुलाई इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।

एनपिएस आइटी र फिन्टेक क्षेत्रका विज्ञहरुद्वारा पृथक तथा नवीनतम भुक्तानी पूर्वाधारहरु प्रदान गर्न स्थापना गरिएको संस्था हो । यसले विभिन्न भुक्तानीका सेवाहरु एकिकृत गरेर लगायत एपीआईमा आधारित विभिन्न भुक्तानीका माध्यमहरुको विकास गर्दै आएको छ । साथै यसले अन्तरबद्धता मार्फत बैंक वित्तिय तथा अन्य सदस्यहरुलाई थप सुविधाहरु प्रदान गर्दै जानेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?