Comments Add Comment

लण्डनमा साहरुख र काजोलको प्रतिमा राखिने

चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ बर्ष भएको छ । भारतमा सबैभन्दा लामो समयसम्म हलमा चलेको रेकर्ड यो चलचित्रले राखेको छ ।

चलचित्र रिलिज भएको २५ बर्ष पुगेको अवसरमा बेलायतको राजधानी लण्डनको लिसेस्टर स्क्वायरमा चलचित्रका मुख्य कलाकार नायक साहरुख खान र नायिका काजोलको काँसको मुर्ती राखिने भएको छ । यो प्रतिमाको अनावरण अर्को बर्ष गरिनेछ । यूकेमा कुनै चलचित्र र त्यसका कलाकारको प्रतिमा राख्न लागिएको यो पहिलो पटक हो ।

मुर्तीमा चलचित्रको एक दृश्य समावेश हुनेछ । सन् १९९५ को अक्टुबर २० मा रिलिज भएको यो चलचित्रलाई आदित्य चोपडाले निर्देशन गरेका हुन् । उक्त समयमा चलचित्रले भारतमा ८९ करोड र ओभरसिजमा १३ करोड कमाएको थियो । चलचित्रलाई ४ करोड बजेटमा निर्माण गरिएको यशराज ब्यानरले आफ्नो वेवसाइटमा उल्लेख गरेको छ ।

मुम्बइको सेन्ट्रलमा रहेको मराठा मन्दिरमा अहिले पनि यो चलचित्र प्रदर्शन भैरहेको छ । यो हलमा हरेक दिन बिहान साढे ११ बजे यो चलचित्रको शो देखाइन्छ भने अरु समय नयाँ चलचित्र प्रदर्शन हुने गरेको छ । यो क्रम २५ बर्षदेखि चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment