Comments Add Comment

अमेरिका र ब्राजिलले आयातमा चिनियाँ निर्भरता घटाउनुपर्छ : पोम्पेओ

४ कात्तिक, काठमाडौं  । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका र ब्राजिलले मुलुकमा आयातको लागि चिनियाँ निर्भरता घटाउनुपर्ने बताएका छन् । पोम्पेओले आफ्नो सुरक्षाका लागि यी मुलुकहरुले आयातमा चिनियाँ निर्भरता कम गर्नु जरुरी रहेको उनले बताएका हुन् । अमेरिका–ब्राजिल सहकार्य बढाउने उद्देश्यका साथ आयोजना गरिएको भर्चुअल सम्मेलनमा बोल्दै पोम्पेओले यस्तो बताएका हुन् ।

पोम्पेओले दुवै मुलुकको अर्थतन्त्रमा चीनको महत्वपूर्ण हिस्सा ठूलो जोखिम बन्न सक्ने आशंका व्यक्त गरे । यस्तोमा अमेरिका र ब्राजिलले एकापसमा व्यापार विस्तार गर्दै चीनबाट आउने आयात रोक्नुपर्ने पोम्पेओको भनाइ छ । यसले दुई मुलुकको सुरक्षामा कुनै किसिमको समस्या नआउने र अबको दुईदेखि १० वर्षमा दुवै मुलुक अहिलेको भन्दा निकै समृद्ध बन्ने बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ब्राजिलसँगको सहकार्य बढाउँदै चीनको प्रभाव नियन्त्रणका लागि विभिन्न कदम चाल्दै आएको छ । यस्तोमा ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले पनि ट्रम्पकै बाटो पछ्याइरहेका छन् । यद्यपि अहिलेसम्म ब्राजिलले फाइभजी इन्टरनेटमा चिनियाँ कम्पनी हुवावेईमाथि प्रतिबन्ध लगाएको छैन ।

सम्मेलनमा बोल्दै ब्राजिलका राष्ट्रपतिले अमेरिकासँग भएको तीन सम्झौता निकै महत्वपूर्ण रहेको बताए । उनले व्यापार र लगानीको हिसाबमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । उनले पछिल्लो समय अमेरिकासँगको व्यापारमा पनि उल्लेख्य वृद्धि भएको बताएका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment