+
+
Shares

दशैंमा घरमै बसेर ‘समर लभ’ हेर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ५ गते ८:४९

हलमा व्यवसायिक रुपमा असफल भएको चलचित्र ‘समर लभ’ अब टीभीमा सार्वजनिक हुने भएको छ । दशैंको फूलपातीबाट यो चलचित्रलाई डीस होममा हेर्न मिल्नेछ । निर्देशक मुस्कान ढकालका अनुसार, डीसहोमको च्यानल नम्बर ८ मा दर्शकले शुल्क तिरेर यो चलचित्र हेर्न सक्नेछन् ।

ढकालले दशैंमा चलचित्र रिलिज गर्ने परम्परालाई जीवन्त राख्न टीभीमै भए पनि रिलिज गर्न लागिएको जानकारी दिएका छन् । यो बर्षको दशैंमा नयाँ चलचित्र हेर्न नपाएपनि दर्शकलाई खल्लो नहोस् भनेर चलचित्र स्याटलाइट रिलिज गर्ने निर्णय गरिएको ढकालले जानकारी दिए ।

डीसहोमको प्रदर्शनपछि चलचित्रलाई म्याक्स प्लेयर र नेट टीभीमा पनि रिलिज गर्ने तयारी भइरहेको छ । मुस्कानले चलचित्रलाई तत्काल युटुबमा भने रिलिज नगरिने बताए । सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा आदि कलाकारको अभिनय रहेको यो चलचित्र गत सालको माघ २५ मा हलमा रिलिज भएको थियो । चलचित्रलाई खगेन्द्र श्रेष्ठले निर्माण गरेका हुन् ।

हलमा व्यवसायिक रुपमा असफल भएपनि विभिन्न डिजिटल प्लेटफर्म तथा टेलिभिजनमा चलचित्र रिलिज हुँदा निर्मातालाई थोरै भएपनि राहत मिल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?