+
+
Shares

सनराइज बैंकको ५१औं शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ६ गते ९:५८

५ कात्तिक, काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यका साथ तिलोत्तमा ६, गणेशपुर, रुपन्देहीमा ५१ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

उक्त सेवाको बुधवार आयोजित एक कार्यक्रममा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य तथा तिलोत्तमा वडा नं. ६ को सदस्य संगिता गुरुङले उद्घाटन गरिन् ।

समारोहमा गुरुङ र मणिग्राम शाखाका शाखा प्रवन्धक अरुण पाण्डेले संयुक्त रुपमा बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि प्रशान्त न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।

पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टी.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?