Comments Add Comment

पर्सामा नेकपाको झडपमा संलग्न ८ जना पक्राउ

६ कात्तिक, वीरगञ्ज । पर्साको विन्दबासिनी गाउँपालिकामा भएको झडपमा संलग्न ८ जना नेकपा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिकास्तरको कमिटीको सपथ ग्रहण कार्यक्रममा भएको झडपमा छ जना कार्यकर्ता घाइते भएका थिए । जसमा २ जनाको अवस्था गम्भीर  छ ।

ज्यान मार्ने उद्देश्यले आक्रमण भएको हुन सक्ने आशंकामा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पूर्वसांसद राजकुमार गुप्ताको घरबाट पनि प्रहरीले कार्यकर्तालाई पक्राउ गरेको थियो । कार्यक्रम स्थल र गुप्ताको घरबाट गरी ८ जना पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए ।

नेकपा पर्सा अध्यक्ष प्रभु हजरा र सचिव बिजय महतो गरी दुई समूहमा विभाजन भएको नेकपाको कार्यकर्ताबीच सपथ ग्रहण कार्यक्रममै कुटाकुट भएको थियो ।

घाइतेमध्ये नेकपा विन्दावासनी गाऊँपालिका पार्टी सचिव मुकेश चौरसियाको अवस्था गम्भीर छ । उनलाई नारायणी अस्पतालबाट पानीटंकीस्थित न्यूरो हस्पिटलमा थप उपचारको लागि ल्याइएको छ । अर्का गम्भीर अवस्थामा रहेका उत्तम तिवारीसहित घाइते हुनेहरु महाराज ठाकुर, रञ्जन ठाकुर, जयराम कुमार चौरसिया, राजेश कुमार लगायतको नारायणी अस्पतालमा उपचार भइरहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी गराएका छन् ।

बिहीबार साँझ पूर्वसांसद गुप्ता पनि प्रहरी कार्यालय पुगेका छन् तर उनलाई पक्राउ गरिएको नभई आफैं आएको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment