+
+
Shares

लुम्बिनीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७७ कात्तिक ७ गते ९:४२

७ कात्तिक, बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

लुम्बिनी–कालीदह सडकखण्डको मुहवारी पुल नजिक भएको दुर्घटनामा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ३ पडरियाका २५ वर्षीय हुसेन मोहम्मद मुसलमानको मृत्यु भएको हो ।

लु. ३७ प. १८३१ नं. को मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मुसलमानलाई भीम अस्पताल भैरहवा पु¥याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार मोटरसाइकलमा सवार पडरियाकै २० वर्षीय मसुद अहमद मुसलमान गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि भारत लगिएको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?