+
+
Shares

पुँजीगत खर्चमा उल्लेख्य सुधार ल्याउँछु : अर्थमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ८ गते १६:३०

८ कात्तिक, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थामा उल्लेख्य सुधार ल्याउने बताएका छन् ।

महामारी र कतिपय नीतिगत प्रबन्धका कारण पुँजीगत खर्च बढ्न नसकेको भन्दै उनले महामारी सामनाको अलग्गै रणनीति बनाउने र नीतिगत व्यवस्थामा सुधार गरेर खर्च बढाउने बताएका हुन् ।

शनिबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री पौडेलले कतिपय नियम र प्रबन्धले पूँजीगत खर्चमा बाधा सिर्जना गरेको भन्दै त्यसलाई सुधार गर्ने बताएका छन् ।

‘अहिले अपेक्षित मात्रामा पूँजीगत खर्च हुन नसकिरहेको जुन अवस्था छ यो अवस्थामा सुधार ल्याउनका लागि हामीले कोभिडले सिर्जना गरेका चुनौतीलाई समाना गर्ने अलग्गै योजना रहन्छ’ उनले भने, ‘त्यसबाहेक हाम्रा कतिपय प्रबन्धहरु कानूनी नियमगत प्रबन्धहरु छन् वा अरु चिजहरु जसले पूँजीगत खर्चमा बाधा सिर्जना गरिरहेको छ भनेदेखि ती चिजहरुमा पनि हामी समग्रतामा समीक्षा गर्छौं र आवश्यक निर्णय लिदै अगाडि बढ्छौं ।’

बन्दाबन्दीका कारण आर्थिक गतिविधिमा संकुचन आउँदा पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राजस्व संकलन सन्तोषजनक देखिएको भन्दै मन्त्री पौडेलले राजस्वको लक्ष्यको नजिक पुग्ने सम्भावना देखिएको बताए ।

‘हामी बाँकी समयावधिलाई स्वास्थ्य सतर्कता अपनाउँदै उत्पादनका क्रियाकलापहरुमा जोड दिने रोजगारी प्रवद्र्धनमा जोड दिने र आर्थिक क्षेत्रको जुन संकुचन छ त्यसलाई हटाउनका निम्ति पहल गर्ने तयारीमा छौं’ उनले भने ।

यस्तै उनले सरकारको खर्चमा मितव्ययिता अपनाउने विषयमा पनि आफ्नो ध्यान केन्द्रित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?