
१० कात्तिक, काठमाडौं । लकडाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हन्ड्रेड ग्रुपले सोमबार दसैँको टीकाको दिन खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ ।
कोरोना महामारी र लकडाउनका कारण रोजगारी गुमाएपछि खुलामञ्चमा बाँडिने खाना नियमित खाँदै आइरहेकाहरुलाई सोमबार हन्ड्रेड ग्रुपले टीका लगाएर दक्षिणा दिएको छ भने मासुभात खुवाएको छ ।
खुलामञ्चमा दसैँको मुख्य दिन सोमबार पनि ३०० जना जति खाना खानेहरु थिए, उनीहरुलाई स्वयंसेवकहरुले टीका लगाएर १० रुपैयाँ दक्षिणा दिए । खाना खान आउनेलाई एकएक जोर मोजा पनि दिइएको थियो ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4