+
+
Shares

टर्कीका राष्ट्रपतिको अपील– फ्रान्सका उत्पादन नकिन्नू

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ११ गते ७:२८

११ कात्तिक, काठमाडौं । टर्की सरकारले फ्रान्सेली उत्पादनहरु खरिद नगर्न जनतासँग अपील गरेको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले कट्टरवादी मुस्लिमलाई फ्रान्सले दमन गरेको भन्दै फ्रान्सले उत्पादन गरेका सामान नकिन्न अपील गरेका हुन् ।

टेलिभिजन सम्बोधनमा राष्ट्रपति एर्दोआनले भने, ‘यदि फ्रान्समा मुसलमानमाथि दमन हुन्छ भने विश्वका नेता मुसलमानको सुरक्षाका लागि अघि आउनुपर्छ ।’

फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोले कट्टरवादी इस्लामको विरोधमा धर्मनिरपेक्षताको सुरक्षा गर्ने बताएका छन् । म्याक्रोको यो अभिव्यक्तिको टर्कीका राष्ट्रपति एर्दोआनले निन्दा गरेका छन् ।
फ्रान्सको एक कक्षामा पैगम्बर मोहम्मदको कार्टुन देखाउने एक शिक्षकको हत्यापछि इस्लामलाई लिएर विवाद उत्पन्न भएको छ ।

१६ अक्टुबरमा स्यामुअल पेटी नामका ती शिक्षकको १८ वर्षीय अब्दुल्लाह अन्जोरोफले टाउको काटेर हत्या गरिदिएका थिए ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?