
१२ कात्तिक< काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिष्ट पार्टीले श्रीलंकामा ‘भक्षक’को रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।
एसिया भ्रमणको क्रममा श्रीलंका पुगेका पोम्पेओले बुधबार चीनको कडा आलोचना गरेका हुन् । पछिल्लो केही वर्षमा एसियामा चीनको बढ्दो प्रभाव नियन्त्रणको उद्देश्यका साथ पोम्पेओ एसिया भ्रमणमा निस्किएका हुन् ।
श्रीलंकाको कोलम्बोमा बोल्दै पोम्पेओले भने, ‘हामीले खराब सम्झौता, सार्वभौमिकताको उल्लंघन र भूमि तथा समुद्री क्षेत्रमा कानुनविहीनता ल्याएको कारण चिनियाँ कम्युनिष्ट पार्टीलाई भक्षकको रुपमा हेरेका छौं । अमेरिका भने फरक किसिमबाट आएको छ । हामी साथी र सहयात्रीको रुपमा आएका हौं ।’
पछिल्लो समय चीनले श्रीलंकामा अर्बौं डलर लगानी गरेको छ । अमेरिकाले चने श्रीलंकालाई ऋणको जालमा पार्न चीनले चाल चलिरहेको आरोप लगाउँदै आएको छ । पोम्पेओ भारत भ्रमण सकेर श्रीलंका पुगेका हुन् ।
श्रीलंकाका विदेशमन्त्री दिनेश गुणवर्धनाले श्रीलंका सबैसँग शान्ति र राम्रो सम्बन्धको पक्षमा रहेको बताए । उनले श्रीलंकाले अमेरिका र अन्य मुलुकहरुसँगको सम्बन्धलाई निरन्तरता दिन चाहेको बताए ।
स्रोत :रोयटर्स
प्रतिक्रिया 4