Comments Add Comment

फिल्मीकर्मीमा कोरोना संक्रमण

केही दिन अगाडि मात्र करिब १६ दिन होम आइसोलेसनमा बसेर हाँस्य कलाकार हरिवंश आचार्य र उनको पत्नी रमिला आचार्य कोरोना संक्रमण मुक्त भएका थिए । हरिवंशले कोरोनालाई सामान्य नठान्न र नआत्तिन आग्रह गरे ।

विगत ७ महिनादेखि नेपाली चलचित्रका काम ठप्प छन् । हलहरु बन्द छन् । तर, चलचित्र क्षेत्रको काम ठप्प भएपनि म्यूजिक भिडियो, विज्ञापनको काम भने रोकिएको छैन । मानिसहरुको आवतजावत पनि रोकिएको छैन ।

पछिल्लो केही सातादेखि चलचित्रकर्मीमा पनि कोरोना संक्रमण ह्वात्तै बढेको पाइन्छ । नायक, नायिकादेखि निर्माता, निर्देशकमा कोरोना संक्रमण बढेको छ । कतिपयले सामाजिक संजालबाट आफूलाई कोरोना पुष्टी भएको उल्लेख गरेका छन् भने कतिपयले यस बिषयमा मौन बसेको पाइन्छ ।

चलचित्र संघका पूर्व अध्यक्ष एवं निर्माता प्रदिप कुमार उदय विगत केही दिनदेखि अस्पतालमा छन् । चलचित्र निर्माता तथा एफडी कम्पनीका एमडी सुशिल पोखरेलमा पनि केही दिन अगाडि कोरोना संक्रमण पुष्टी भएको थियो । आफू घर बाहिर खासै ननिस्किए पनि कोरोना संक्रमण देखिएको सुशिलले बताएका छन् ।

हाँस्य कलाकार मनोज गजुरेल पनि कोरोना संक्रमणका कारण होम आइसोलेसनमा छन् । उनले, आफूसँग सम्पर्कमा आउनेहरुलाई सजगता अपनाउन अपिल गरेका थिए । संगीतकार टंक बुढाथोकीले पनि कोरोनालाई जितिसकेपछि सामाजिक संजालमा स्टाटस लेखेका थिए ।

दशैं सकिएपछि फेरि म्यूजिक भिडियो र चलचित्रको छायांकनको काम बढ्ने पक्का छ । यसैले, चलचित्रकर्मी र म्यूजिक भिडियो निर्माताहरुले सजगता अपनाउन जरुरी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment