+
+
Shares

भारतमा ८० लाख नाघे कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १३ गते १०:४६

१३ कात्तिक, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या ८० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८० लाख ४० हजार २०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ४९ हजार ८८१ नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख २० हजार ५२७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ५१७ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा कोरोनाका ७३ लाख १५ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा अहिलेसम्म ८८ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि दुई लाख २७ हजार नाघेको छ । ब्राजिलमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५८ हजार नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?