+
+
Shares

काभ्रेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १३ गते २०:०५

१३ कात्तिक, काठमाडौं । कोरोना संक्रमणबाट काभ्रेमा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला कमाण्ड पोष्टका डा. नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पतालमा उपचरत धुलिखेल नगरपालिका घर भएका ५५ वर्षीय पुरुष र ७० वर्षीया महिलाको बिहीबार मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएपछि ५५ वर्षीय पुरुष तीन दिनअघि र ७० वर्षीया महिला एक हप्ताअघि अस्पताल भर्ना भएका थिए । डा. झाका अनुसार दुवै जना हाइपरटेन्सन र मधुमेहका बिरामी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?