Comments Add Comment

घरेलु कामदार खोज्दै राजदरबार, वार्षिक तलब ३० लाख रुपैयाँ

काठमाडौं । कसैको घरभित्र घरायसी काम गर्ने घरेलु मजदूरको तलब कति होला ? घरेलु कामदारले वार्षिक ३० लाख रुपैयाँ तलब पाउने कुरा सुन्दैमा पत्यार नलाग्न सक्दछ । तर यो यथार्थ हो ।

बेलायतको राजदरबारले आवासीय दरबारमा काम गर्ने घरेलु कामदारको खोजी गरेको छ । राजदरबारको हाउसकिपरमा भर्ना हुने कामदारको सुरुवाती तलब नै वार्षिक झण्डै ३० लाख रुपैयाँ हुनेछ ।

बेलायती राजदरबारको आधिकारिक वेबसाइट द रोयल हाउसहोल्डमा यसबारेमा जानकारी दिइएको छ । दरबारको घरेलु कामदारको रुपमा भर्ना हुन चाहनेले आगामी नाभेम्बर १ तारेख सम्ममा आवेदन गर्न सक्नेछन् । दुई नोभेम्बरमा आवेदकहरुको अन्तरवार्ता लिएर योग्य उम्मेदवार छनोट गर्ने कार्यक्रम छ ।

द रोयल हाउसहोल्ड वेबसाइटमा दिइएको जानकारी अनुसार हाउसकिपिङ असिस्टेन्ट नामक पदको उक्त जागिर बेलायतको नियम अनुसार लेभल टु अप्रेन्टिसशिपको जागिर हो ।

छनोट हुने कामदारले बेलायतको विन्डसर महलमा काम गर्नुपर्नेछ । हप्तामा पाँच दिन काम गर्नुपर्ने र दुई दिन विदा पाइनेछ । साथै वर्षमा अन्य ३३ दिन विदा प्राप्त हुनेछ ।

तलब मात्र होइन छनोट हुने कामदारको खानेबस्ने खर्च समेत दरबारले व्यहोर्नेछ । साथै जागिरका क्रममा गर्नुपर्ने यात्राको खर्च समेत दरबारले नै गर्नेछ । सबैभन्दा महत्वपूर्ण कुरा त के भने यो जागिरमा छनोट हुनका लागि अंग्रेजी र गणितमा पनि दक्ष हुनु अनिवार्य हुनेछ ।

छनोट हुने उम्मेदवारलाई सुरुमा १३ महिनाको तालीम दिइनेछ । त्यसपछि उसलाई शाही परिवारद्वारा एक स्थायी कर्मचारीको रुपमा काममा राखिनेछ । कामका दौरान उसलाई शाही परिवारका विभिन्न निवास स्थलमा पनि स्थानान्तरण गर्न सकिनेछ र त्यसमा बकिंघम प्यालेस पनि पर्न सक्नेछ ।

छनोट हुने कामदारको मुख्य काम दरबारभित्र सरसफाइ गर्नु हुनेछ । साथै दरबार भित्रका चिजवस्तुहरुको देखभाल गर्ने दायित्व पनि उसको हुनेछ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment