Comments Add Comment

जाडोमा नवजात शिशुको हेरचाह

कतिपय दम्पतीको घरमा नयाँ सदस्य भित्रिएका होलान् । यसले उनीहरुमा पक्कैपनि खुसी र उमंग ल्याउँछ । साथसाथै जिम्मेवारी पनि ।

खासगरी पहिलो सन्तान हुर्काउन त्यती सहज हुन्न । शिशुलाई कसरी स्यहारसुसार गर्ने, कसरी ख्वाउने, कसरी नुहाउने, कसरी डायपर बदल्ने यावत् कुरामा आमाबुवालाई अनुभव हुँदैन । त्यसमाथि नवजात शिशु आफैमा संवेदनशिल भएकाले उनीहरुको स्वास्थ्य स्थितीबारे आमाबुवा चनाखो हुनुपर्ने पनि हुन्छ ।

सामान्य कमीकमजोरीले पनि शिशुको स्वास्थ्यमा असर गर्ने भएकाले उनीहरुलाई कसरी ख्वाउने र हुर्काउने कुरामा खास तालमेल हुन जरुरी छ ।

भर्खर जन्मिएको बच्चालाई पर्याप्त निद्रा चाहिन्छ । उनीहरु एक दिनमा १६ घण्टासम्म आरम गर्न सक्छन् । तर, यत्तिका समयसम्म उनीहरु खाली पेट बस्न सक्दैनन् । तरल पदार्थले पेट भर्नुपर्ने हुँदा बारम्बार भोग लागिरहन्छ । जब पेट खाली हुन्छ, उनीहरु ब्यूँझन्छन् ।

त्यसैले बच्चालाई स्तनपान गराइरहनुपर्छ । यसका लागि आमाले पोषिलो वा झोलयुक्त खानेकुरा बढी नै सेवन गर्नुपर्छ ।

नवजात शिशुको निन्द्रा चाडै खलबलिन सक्ने भएकाले उनीहरुलाई शान्त ठाउँमा सुताउने व्यवस्था गर्नुपर्छ । सकेसम्म गाडी वा अन्य आवाज नआउने ठाउँ उपयुक्त हुन्छ । साथै प्रदूषणबाट पनि मुक्त राख्नुपर्छ ।

जाडोमा बच्चालाई न्यानो राख्नुपर्छ । वाहिरको चिसोले चाडै प्रभावित बनाउने हुँदा बच्चाको कोठाको तापमान मिलाउनुपर्छ । यद्यपी बच्चालाई न्यानो बनाउने चक्करमा धेरै गुम्साएर राख्नु हुँदैन । उनीहरुको छाला एकदमै संवेदनशिल हुने भएकाले वाह्य वातावरणले तुरुन्तै असर गर्न सक्छ ।

पहिलो बच्चालाई स्तनपान गराउन कतिका लागि समस्या हुन्छ । अनुभव पनि हुँदैन । बच्चा जन्मिएपछिको २४ घण्टासम्म उनलाई ८ देखि १२ पटकसम्म स्तनपान गराउनुपर्छ । स्तनपान गराउने आमाले पनि सन्तुलित खाना खानुपर्छ ।

बच्चालाई छातीमा राखेर निप्पललाई ओंठमा स्पर्श गराउनुपर्छ । बच्चाले मुख खोलेपछि विस्तारै स्तन दबाउनुपर्छ । बच्चाले राम्ररी दुध चुस्न सकेन भने विस्तारै अभ्यस्त गराउनु पर्छ ।

जाडोमा भोग लागिरहन्छ । साथै दिसापिसाब पनि गरिरहन्छ । दिसा पिसाब गरेपछि बच्चाको कपडा परिवर्तन गरिहाल्नुपर्छ । एक दिनमा ६–८ वटा डाइपर परिवर्तन गर्नुपर्ने हुन्छ ।

दिशा गरेको अवस्थामा मनतातो पानी कपासमा डुबाउँदै सफा गरिदिनुपर्छ । बच्चालाई दिनमा केहि घण्टा डायपर बिना नै रहन दिनुपर्छ ।

नवजात शिशुको सरसफाईमा विशेष ख्याल गर्नुपर्छ । जाडोमा नुहाइदिन गाह्रो हुन्छ ।

बच्चा जन्मिएको पहिलो साता स्पन्जले बिस्तारै उसको शरीर सफा गरिदिनुपर्छ । एकपटक गर्भनाल निस्किएपछि नियमित रुपले हप्तामा दुई पटक वा तीन पटक नुहाइदिनुपर्छ । नुहाइदिनका लागि तातो पानी प्रयोग गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment