+
+
Shares

गुल्मीमा ६३३ जनाले जिते कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १४ गते १२:१०

१४ कात्तिक, गुल्मी । गुल्मीमा ६ सय ३३ जनाले कोरोना जितेर घर फर्केका छन् ।

जिल्लामा कुल संक्रमित ६ सय ९९ मध्ये ६ सय ३३ जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

जिल्लामा हाल ५८ जना मात्रै कोरोना संक्रमित उपचारत रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । आइसोलेसनमा राखेर संक्रमितहरुको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट गुल्मी जिल्लामा ८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा हाल भने क्वारेन्टिनमा बस्नेहरुको संख्या शून्य छ । जिल्लाभर ७९० वटा बेड क्वारेन्टिन निर्माण गरिएको छ ।

कोरोना संक्रमितको उपचार गर्न १४५ वेडको आइसोलेन तयार गरिएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?