१४ कात्तिक, काठमाडौं । बाराबाट प्रहरीले लागूऔषध गाँजा र अफिमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–३ रामनगरका २० वर्षीय बिनोद यादव रहेका छन् ।
प्रहरी चौकी बेल्दारीबाट खटीएको गस्ती टोलीले बाराको पचरौता नगरपालिका–४ बेल्दारीबाट २ केजी अफिम र २ केजी गाँजासहित यादवलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।
साइकल चढेर भारततर्फ जाँदै गरेको अवस्थामा खानतलासी गर्दा प्लास्टिकमा बेरी शरीरमा लुकाएर राखेको अवस्थामा यादवलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । यादवलाई नियन्त्रणमा लिएर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4