Comments Add Comment

अर्थतन्त्रको संकुचन हटाउनु चुनौतीपूर्ण : अर्थमन्त्री

१६ कात्तिक, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिड-१९को महामारीका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउनु चुनौतीपूर्ण रहेको बताएका छन् ।

कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भिर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखा परेको बताए । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीहरुसाग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले उत्पादन र रोजगारीमा परेको असरले देशको अर्थतन्त्रमा गम्भिर संकुचन देखा परेको बताएका हुन् ।

कोभिडको कारण देखा परेको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण भएपनि आफूले अधिकतम प्रयास गर्ने उनले बताए । स्वास्थ्य सजगता अपनाउादै उत्पादन बढाउने र रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउने अर्थमन्त्री पौडेलले बताए ।

मानिसको जीवन र जीविकाको रक्षाको निमित्त अहिलेको परिस्थितिको सीमाभित्र रहेर चुनौतीहरुलाई सामना गर्दै रोजगारी बढाउने समेत अर्थमन्त्री पौडेलले स्पष्ट पारे ।

त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्डलाई अपनाएर आर्थिक क्रियाकलापलाई अगाडि बढाई समग्र आर्थिक जीवनलाई गतिशील बनाउन सरकार प्रतिवद्ध रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment