Comments Add Comment

अनौठो टापु जसले हरेक ६ महिनामा देश बदल्छ

काठमाडौं । संसारमा हजारौँ टापुहरु रहेका छन् । कैयन् टापुहरु आफ्ना खास खास विशेषताका कारण चर्चित पनि छन् । यस्तै चर्चित टापुमध्येको एउटा टापु फ्रान्स र स्पेनको बीचमा रहेको छ । यो टापु सायद दुनियाको एकमात्र यस्तो टापु हो जसको राष्ट्रियता वर्षमा दुईपटक बदलिन्छ ।

हो, यो टापु दुईदेशको संयुक्त कब्जामा छ । फ्रान्स र स्पेनले यो टापुमा ६–६ महिना पालैपालो शासन गर्दछन् । त्यसैले यो टापुले एक वर्षमा दुईपटक आफ्नो देश बदल्छ ।

यो टापुको नाम फिजेन्ट आइल्याण्ड हो । यसलाई फ्रेन्च तथा स्पेनिस भाषामा फेसेन्स टापु भनिन्छ ।

दुई देशको संयुक्त स्वामित्वमा रहेको यो टापुलाई बाँडीचुँडी पालैपालो शासन गर्ने फ्रान्स र स्पेनबीच यसको विषयलाई लिएर पछिल्लो साढे ३ सय वर्षदेखि झैझगडा भएको छैन । सहमतिमै स्वामित्वको लेनदेन हुने गरेको छ । यो परम्परा पछिल्लो साढे ३ सय वर्षदेखि चलिआएको छ ।

हरेक वर्ष फ्रेब्रुअरी १ तारेखदेखि जुलाई ३१ तारेखसम्म यो फिजेन्ट टापु स्पेनको स्वामित्वमा रहन्छ । त्यसपछि जुलाई १ देखि जनवरी ३१ सम्म यसमा फ्रान्सको कब्जा हुन्छ ।

फ्रान्स र स्पेनको सीमाक्षेत्रमा रहेको बिदासो नदीको बीचमा यो टापु रहेको छ ।

यद्यपि यो टापुको अवस्था अहिले पूर्णरुपमा शान्त छ । तर इतिहासमा कुनैबेला यो टापुको विषयलाई लिएर फ्रान्स र स्पेनबीच युद्ध समेत भएको थियो । युद्धपश्चात् टापुको विवाद टुंग्याउन दुई देशबीच ३ महिनासम्म वार्ता भयो र सन् १६५९ मा एक सन्धिमा हस्ताक्षर भयो । उक्त सन्धिलाई पाइनिसको सन्धि भनिन्छ ।

उक्त सन्धि अनुसार उक्त विवादित टापुमा दुबै देशको स्वामित्व कायम गरियो र वर्षको आधा आधा समय शासन गर्ने सहमति भयो । उक्त सन्धि फ्रान्स र स्पेनको शाही विवाहसँगै सम्पन्न गरिएको थियो । त्यसक्रममा फ्रान्सका राजा लुई १४ औँले स्पेनका राजा फिलिप चौथोकी छोरी बिहे गरेका थिए ।

यो टापु निकै सानो छ, जहाँ कुनै बसोबास छैन । यसको लम्बाई केवल २ सय मिटर र चौडाई ४० मिटर छ । विगतमा यसको आकार त्यसको दोब्बर थियो । तर नदीमा पानीको तिव्र बहाबले कटान गर्दा यसको क्षेत्रफल घट्दै गएको छ ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment