+
+
Shares

प्रदेश १ का १९ हजार संक्रमितमध्ये मोरङमै ९ हजार

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १६ गते १५:०४

१६ कात्तिक, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार १७५ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार एक लाख ६३ हजार ९२३ जनाको पीसीआर जाँच गर्दा १९ हजार १७५ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये १० हजार ८५० जना संक्रमण मुक्त भएका छन् । प्रदेशमा ८१६२ सक्रिय संक्रमित छन् । १९६ जनाको मृत्यु भएको छ ।

कुन जिल्लामा कति संक्रमित ?

सामाजिक विकास मन्त्रालयका प्रदेशका संक्रमितमध्ये आधा संख्या मोरङ जिल्लामा छ । मोरङमा ९ हजार ८९ जनामा संक्रमण देखिएको छ । मोरङ पछि सुनसरीमा संक्रमितको संख्या ६३८४ छ । मोरङमा ५ हजार २२६ जना संक्रमणमुक्त भएका छन् । सुनसरीमा ३५४८ जना संक्रमणमुक्त भएका छन् । झापामा २१६८ जना कोरोना संक्रमित छन् ।

मन्त्रालयका अनुसार उदयपुरमा ३०५, इलाममा १९६, संखुवासभामा १५७ र धनकुटामा १०५ कोरोना संक्रमित छन् । त्यस्तै ताप्लेजुङमा ३५, पाँचथरमा ३९, तेह्रथुममा ६०, खोटाङमा ५५ सोलुखुम्बुमा १९, भोजपुरमा ५०, ओखलढुंगामा ३५ जना कोरोना संक्रमित छन् । प्रदेश १ मा संक्रमण पुष्टि भएकामध्ये ४७८ अन्य प्रदेशका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?