Comments Add Comment

बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण

१६ कात्तिक, डोटी । डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

आइतबार जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुमा एक जना सुरक्षाकर्मी र २६ जना कैदीबन्दी बालबालिकाहरु रहेका छन् ।

बिहीबार बाल सुधार गृहमा रहेका ३७ बालक, दुई कर्मचारी र एक सुरक्षाकर्मीको स्वाव संकलन गरिएको थियो । तीमध्ये दुई कर्मचारी र ११ बालकको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमितहरुलाई सामान्य रुघाखोकी लागेको बाल सुधार गृह प्रमुख सानुमाया लिम्वुले जानकारी दिइन् । ‘अरु जटिल स्वास्थ्य समस्या छैन, सामान्य रुघाखोकी हो’ लिम्बुले भनिन् ‘सिटामोल, डिकोल्ड खाँदैछन् ।’

यसअघि कात्तिक ५ गते दुई सुरक्षाकर्मीसहित नौ जनाको स्वाब परीक्षण भएकोमा तीन जना बालकमा संक्रमण देखिएको थियो ।

बाल सुधार गृहमा ४४ जना बालक रहेका छन् । जसमध्ये १८ जना कैद भुक्तान गरिरहेका छन् भने बाँकी पुर्पक्षका लागि थुनामा रहेका छन् ।

यस्तै आइतबारको परीक्षणबाट जिल्लामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिपायल सिलगढी नगरपालिका–४ का एक, वडा नं. ५ का एक, वडा नं. ६ का सात र बोगटान फुडसिल गाउँपालिका–७ का एक जना रहेका छन् ।

सोमबार थपिएका ३५ जनासँगै डोटी जिल्लामा संक्रमितहरुको संख्या एक हजार दुई सय ८४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment