Comments Add Comment

कोरोना संक्रमणबाट थप ३८ जनाको मृत्यु, काठमाडौंमै १६ जना

१६ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३८ जनाको मृत्यु भएको छ । काठमाडौंमा मात्र १६ जनाको मृत्यु भएको छ ।

यस्तै झापाका ४ जना, कास्‍कीका ३ जना, ललितपुर, र रुपन्देहीका २/२ जना,  सुनसरी, मोरङ, बारा काभ्रे, गोरखा, नुवाकोट, चितवन, अर्घाखाँची, बाँके सुर्खेत र कैलालीका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

  • दमक नगरपालिका–७, झापाकी ५५ वर्षकी महिलाको आइतबार एडभान्स अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको छ । ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको उनी होम आइसोलेसनमा बसेकी थिइन् ।
  • दमक नगरपालिका– ७, झापाका ५० वर्षका पुरुषको आइतबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको छ । शनिबार अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • कमल गाउँपालिका– ५, झापाका ७२ वर्षका पुरुषको आइतबार होम आइसोलेसनमा मृत्यु भएको छ । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा थिए ।
  • गौरादह, झापाका ७४ वर्षका पुरुषको शनिबार राति होम आइसोलेसनमा मृत्यु भएको छ । कात्तिक १३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनी घरमै बसेका थिए ।
  • धरान-९, सुनसरीका ६९ वर्षीय पुरुषको शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण त्यही दिन पुष्टि भएको थियो ।
  • बिराटनगर, मोरङका ७६ वर्षीय वृद्धको आइतबार सााझ कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ । चार दिन अघि कोरोना पोजेटिभ देखिएका उनमा मुटुसम्बन्धी समस्या समेत थियो ।
  • आदर्शकोतवाल गाउँपालिका, बाराका ४५ वर्षका मदन मण्डलको आइतबार विहान उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा मृत्यु भएको हो । नेपाली कांग्रेस महासमिति सदस्यसमेत रहेका उनमा कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • कास्की घर भइ बुद्धनगर, काठमाडौं बस्ने का ५३ वर्षका पुरुषको आइतबार दिउँसो मृत्यु भएको छ । उनमा आइतबार विहान कोरोना संक्रमण पुष्टि भएको थियो । घरमै रहेका उनी कोरोना रिपोर्ट पोजेटिभ आएको खबरसँगै अचेत भएको र पछि मृत्यु भएको हो ।
  • बानेश्वर हाइट, काठमाडौंकी वृद्धाको आइतबार होम आइसोलेसनमै मृत्यु भएको छ । ८ दिनअघि नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • बानेश्वर, काठमाडौंका ८२ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । कात्तिक ५ गते कोरोना भाइरस संक्रमण भई ९ गते अस्पताल भर्ना भएका उनमा मधुमेह, उच्च रक्तचाप, दम र मिर्गौला रोग थियो ।
  • काठमाडौंका ७४ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । निमोनिया भई कात्तिक ८ गते अस्पताल भर्ना भएका उनमा ११ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मधुमेह र उच्च रक्तचापको बिरामी थिए ।
  • काठमाडौंका ५९ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । असोज २९ गते कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका उनी निमोनिया र मिर्गौलाको समस्या भएपछि ४ गते अस्पताल भर्ना भएका थिए ।
  • कोटेश्वर, काठमाडौंका ८१ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । कात्तिक २ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनी ५ गते अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप, मुटुरोग र मिर्गौला रोगको समस्या थियो ।
  • तारकेश्वर, काठमाडौंका ७३ वर्षका पुरुषको आइतबार मृत्यु भएको छ । कात्तिक ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भई सोही दिन अस्पताल भर्ना भएका उनमा दमको समस्या थियो ।
  • काठमाडौंका ७५ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । कात्तिक ११ गते संक्रमण पुष्टि भई कात्तिक १२ गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाफ मिर्गौला रोग र पाकिन्सन्सको समस्या थियो ।
  • काठमाडौंका ६९ वर्षका पुरुषको आइतबार मृत्यु भएको छ । कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भई कात्तिक १३ गते अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।
  • गोकर्णेश्वर, काठमाडौंका ८३ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । कात्तिक ८ गते कोरोना संक्रमण भएका उनी मुटुको समस्या भई कात्तिक ९ गते अस्पताल भर्ना भएका थिए ।
  • बालाजु, काठमाडौंका ७७ वर्षका पुरुषको कात्तिक १२ गते मृत्यु भएको छ । कात्तिक ११ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचाप, मिर्गौला रोग र पार्किन्सन्सको समस्या थियो ।
  • बसुन्धरा, काठमाडौंका ७५ वर्षका पुरुषको असोज १९ गते मृत्यु भएको छ । असोज १८ गते कोरोना संक्रमण पुष्टि भएका उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।
  • नागार्जुन काठमाडौंका ८१ वर्षका पुरुषको कात्तिक ४ गते निधन भएको छ । असोज २९ गते कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक २ गते अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।
  • बुढानीलकण्ठ काठमाडौंका ६९ वर्षका पुरुषको आइतबार मृत्यु भएको छ । कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएका र ६ गते अस्पताल भर्ना भएका उनमा निमोनिया र सेप्सिसको समस्या थियो । उनमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्या पनि थियो ।
  • तारकेश्वर, काठमाडौंका ६५ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । कात्तिक १३ गते अस्पताल भर्ना भएका र १४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा दम मुटुरोग र छारेरोगको समस्या थियो ।
  • हात्तीगौडा, काठमाडौंका ६९ वर्षका पुरुषको कात्तिक १ गते मृत्यु भएको छ । असोज १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनमा निमोनिया र सेप्सिसको समस्या थियो ।
  • काठमाडौंका ६४ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । असोेज २४ गते अस्पताल भर्ना भएका उनमा असोज २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी मधुमेहको बिरामी थिए ।
  • ललितपुरका ३६ वर्षका पुरुषको कात्तिक १५ गते मृत्यु भएको छ । उनी कात्तिक १३ गते अस्पताल भर्ना भएका र १४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
  • पाटन, ललितपुरका ३६ वर्षका पुरुषको कात्तिक ४ गते मृत्यु भएको छ । असोज ७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनी असोज १५ गते अस्पताल भर्ना भएका थिए ।
  • धुलिखेल, काभ्रेका ७३ वर्षका पुरुषको कात्तिक १६ गते मृत्यु भएको छ । कात्तिक १४ गते अस्पताल भर्ना भएका उनको कात्तिक १६ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • भरतपुर, चितवनका ५८ वर्षका पुरुषको कात्तिक १४ गते मृत्यु भएको छ । कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।
  • बेल्कोटगढी, नुवाकोटका ६६ वर्षका पुरुषको कात्तिक १६ गते मृत्यु भएको छ । निमोनिया भई कात्तिक ८ गते अस्पताल भर्ना भएका उनमा कात्तिक ९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
  • गोरखा नगरपालिका– ५, गोरखाका ८२ वर्षका पुरुषको चितवनको पुरानो मेडिकल कलेजमा शनिबार राति मृत्यु भएको छ । कात्तिक ६ गते निमोनियासम्बन्धी उपचारका लागि अस्पताल लगिएका उनलाई कात्तिक ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका–१७, कास्कीका ६० वर्षका पुरुषको आइतबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । असोज २१ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उनमा निमोनिया, मधुमेहलगायतका समस्या पनि देखिएको थियो ।
  • अन्नपूर्ण गाउँपालिका– ३, कास्कीका ४७ वर्षका पुरुषको शनिबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनलाई कात्तिक ४ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • दैलेख घर भई अर्घाखाँचीमा कार्यरत सशस्त्र प्रहरी नाब निरीक्षक नगेन्द्र खड्काको सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि असोज २० गते लुम्बिनी प्रादेशिक अस्पतालबाट सशस्त्र प्रहरी बल अस्पताल ल्याइएको थियो ।
  • बुटवल उपमहानगरपालिका–१७, रुपन्देहीका ४२ वर्षका पुरुषको बुटवलस्थित कोरोना अस्पतालमा मृत्यु भएको छ ।  कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो ।
  • तिलोत्तमा नगरपालिका– १, रुपन्देहीका ९५ वर्षका पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनको अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा मृत्यु भएको हो ।
  • खजुरा गाउँपालिका– ३ बाँकेका ४० वर्षका पुरुषको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा शनिबार मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या भई कात्तिक १५ गते अस्पताल भर्ना भएका उनमा कात्तिक १६ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
  • भेरीगंगा नगरपालिका–१२, सुर्खेतका ३२ वर्षका पुरुषको शनिबार राति सुर्खेतस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । फुलपातीको दिनदेखि बिरामी परेका उनको ३ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । सुरुमा कोहलपुरमा उपचारका लागि लगिएका उनलाई त्यहाँ भेन्टिलेटर अभाव भएपछि शनिबार राति सुर्खेत लगिएको थियो ।
  • टीकापुर नगरपालिका–१ कैलालीका ६० वर्षका पुरुषको नेपालगञ्जको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । कात्तिक १४ गते अस्पताल भर्ना भएका र १५ गते कोरोना संक्रमण पुष्टि भएका उनको आइतबार विहान १ बजे मृत्यु भएको हो ।

* अपडेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment