
१७ कात्तिक, काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं बानेश्वर बस्ने कैलालीको टिकापुर नगरपालिका–९ घर भएका १८ वर्षीय प्रज्वल खाँड रहेका छन् ।
आइतबार राति काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन फोड्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । खाँडलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4