Comments Add Comment

महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान समूहको उम्मेदवारी घोषणा

१७ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । आफू २८ वर्ष यता उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजा गर्नका लागि  उम्मेदवारी घोषणा गरेको बताए ।

समेबार काठमाडौंम आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा सबै व्यवसायिक समस्याहरुको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले पनि मतदाताले आफूलाई बिजयी बनाउने विश्वास प्रधानले व्यक्त गरे ।

उनले देशको अर्थतन्त्र जोगाउनका लागि पनि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताए । आफूलाई भावी अध्यक्ष शेखर गोल्छाको समेत साथ रहेकोले उनको कार्यकालाई सफल बनाउन यही समूह नै अगाडि आउने विश्वास गरेको बताए ।

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरे ।

प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ रहेको छ । महासंघको ५४ औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

गत चैत्रमा हुनुपर्ने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो । प्रधान समूहले सोमबार नै महासंघमा आफ्नो उम्मेदवारी समेत दर्ता गराउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment