Comments Add Comment

फाउचीले राजनीति गर्न खोजेको ह्वाइट हाउसको आरोप

काठमाडौ‌ं । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीमाथि राजनीति गर्न खोजेको आरोप लगाएको छ ।

अमेरिकामा राष्ट्रपति निर्वाचन आउनुभन्दा एक दिनअघि फाउचीले एक पत्रिकालाई दिएको अन्तर्वार्ताको विषयलाई लिएर ह्वाइट हाउसले यस्तो बताएको हो । फाउचीले वासिङटन पोस्टलाई दिएको अन्तर्वार्तामा अमेरिका कोरोना भाइरस -कोभिड-१९) बाट अहिले अमेरिका पूर्णरुपमा आहत भएको बताएका थिए ।

अमेरिका संक्रमित र मृतक संख्याको आधारमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा अहिलेसम्म कोरोनाबाट दुई लाख ३० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ९२ लाखभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् ।

फाउचीले अहिले अमेरिकाको अवस्था निकै कमजोर भइसकेको र जाडोयाममा अवस्था अझै जटिल बन्नसक्ने चेतावनी दिएका थिए । उनले अमेरिकामा दैनिक एक लाख कोरोना संक्रमित भेटिने दिन पनि आउन सक्ने बताएका थिए । उनले अमेरिकामा सार्वजनिक स्वास्थ्यको अभ्यास र व्यवहारमा ठूलो परिवर्तन ल्याउनु जरुरी रहेको बताएका थिए । उनले राष्ट्रपति निर्वाचनका दुई उम्मेदवार जो बाइडन र डोनाल्ड ट्रम्पमध्ये बाइडन सार्वजनिक स्वास्थ्यको हिसाबमा गम्भीर रहेको तर ट्रम्पको झुकाव स्वास्थ्यभन्दा अर्थतन्त्रमा धेरै रहेको फाउचीले बताएका थिए ।

यसै विषयमा ह्वाइट हाउसले फाउचीमाथि बाइडनलाई उपयुक्त हुने माहोल सृजना गर्न लागिपरेको बताएको हो । मंगलबार हुन गइरहेको निर्वाचनमा कोरोना भाइरस एक प्रमुख मुद्दा बनेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment