+
+
Shares

महोत्तरीबाट ७ लाखको भन्सार छलीको सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते १२:५१

१८ कात्तिक, काठमाडौं । महोत्तरीबाट सशस्त्र प्रहरीले सात लाख रुपैयाँ भन्दा बढीको भन्सार छलीका सामान बरामद गरेको छ । अवैध रुपमा भन्सार छलेर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल महोत्तरीले करिब ७ लाख २ हजार मूल्य बराबरको सामान बरामद गरेको हो ।

मटिहानी नाका हुँदै भित्र्याइएको करिब ५ लाख ४० हजार मूल्यको डेन्टलसम्बन्धी उपकरण बरामद भएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए । यसैगरी एकडाँडा गाउँपालिका क्षेत्रबाट १ लाख ६२ हजार मूल्य बराबरको भन्सार छली गरेल ल्याइएको कपडा समेत बरामद भएको उनले बताए ।

सोमबार बरामद गरिएका उपकरण र कपडालाई जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?