+
+
Shares

नेपालको सीमा मिचिएको रिपोर्ट हल्लामात्र : चिनियाँ विदेश मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते १५:०६

१८ कात्तिक, काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले चीनले नेपाली भूभाग मिचेको भनी आएका रिपोर्टहरु कुनै पनि तथ्यमा आधारित नभएको हल्ला भएको प्रतिक्रिया दिएको छ ।

मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘सीमा मिचिएका समाचारहरु हल्ला हुन् । समाचार लेख्ने व्यक्तिले नै प्रमाण देखाउन सक्नुपर्छ । लेखकलाई समाचार लेख्नुभन्दा अगाडि स्रोतसँग भेरिफाई गर्न म आग्रह गर्छु । म तपाईंहरुलाई फेरि भन्छु यस्तो रिपोर्टहरु पूर्णरुपमा हल्ला हुन् । यो कुनै तथ्यमा आधारित छैन् ।’ पछिल्लो समय वेलायतको प्रसिद्ध पत्रिका दि टेलिग्राफले सो समाचार प्रकाशित गरेको थियो ।

पछिल्लो समय चीनले हुम्लामा नेपाली भूभाग मिचेको विभिन्न दाबी गरिएको छ । विपक्षी नेपाली कांग्रेसले स्थलगत अध्ययन गर्दा सीमा मिचिएको देखिएको भनी दावी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?