Comments Add Comment

बच्चामा सबैभन्दा धेरै हुन्छ यी पोषक तत्वको कमी

अर्ग्यानिक सामग्रीको प्रचुरता र पर्याप्त पोषक तत्वको सम्बन्धमा ज्ञान हुँदा हुँदै पनि विविध कारणले धेरै बच्चाहरूको शरीरमा आवश्यक पोषक तत्वको कमी भइरहेको हुन्छ । कुन खानामा के पोषक तत्व हुन्छ ? भन्ने बारेमा जानकारी भए पनि त्यसलाई व्यवहारमा उतार्न नसक्दा धेरै समस्याहरू सिर्जना हुने गरेका धेरै उदाहरणहरू देख्न सकिन्छ ।

म्याक्रो न्यूट्रियन्ट डिफिसिएन्सी

यो डेफिसियन्सीले बच्चाको शरीरमा प्रोटिनको कमी हुने गर्छ । बच्चाहरूमा आउने यस्तो कमी कैयौं सालसम्म देखिँदै आएको पाइन्छ । यस्ता बच्चामा हुने कुपोषणको समस्या सहर र गाउँका बच्चामा फरकफरक किसिमको हुने गर्छ ।

सहरका बच्चाहरूको त खानपान शैली नै गलत किसिमको हुनेगर्छ । सोही कारणले उनीहरुको शरीरमाा प्रोटिनको मात्रामा कमी आउँछ । त्यस्तै, ग्रामीण क्षेत्रका कतिपय बच्चाहरूमा पर्याप्त खानाको अभावले पनि प्रोटिनको सन्तुलन मिल्दैन । यसरी सहरी भेगका मान्छे खान नजानेर त ग्रामीण भेगका मान्छे पर्याप्त पौष्टिक खानेकुरा खान नपाएर समस्यामा पर्ने गर्छन् ।

प्रोटिनको कमीलाई यसरी गरौं पूरा

सबैभन्दा पहिले मान्छेलाई यो कुरा सम्झाउनु जरुरी हुन्छ कि बच्चालाई उनको वजनका अनुसार प्रोटिनको ज्यादा जरुरत पर्ने गर्छ । यसको कमीलाई पूरा गर्नको लागि बच्चालाई दूध, पनीर, अण्डा, दाल, कुखुरा, सोयाबिन ब्रोकाउली जस्ता खानेकुरा खान दिनुपर्छ ।

माइक्रो न्यूट्रिएन्ट डेफिसिएन्सी

यस डेफिसिएन्सीलाई हिडेन हंगर नामले पनि चिन्ने गरिन्छ । ४०–५० प्रतिशत बच्चाको शरीरमा आइरन, जिंक, भिटामिन डी र भिटामिन एको कमी हुने गर्छ । बच्चाको शरीरमा यी पोषक तत्वको कमीका बाबजुद यसलाई नजरअन्दाज गर्ने गरिन्छ । यद्यपि शरीरमा यिनीहरुको जरुरत कम मात्रामा हुने गर्छ । तर यसको कमीले अन्य समस्याहरू भने पैदा हुने गर्छ । यसको कमीले बच्चामा कुपोषणको समस्या देखिन्छ ।

आइरनको कमीलाई कसरी गर्ने पूरा ?

आइरनको कमीले बच्चालाई एनिमियाको शिकार बनाउँछ । जसमा उनले थकान र कमजोरी हुने गर्छ । माछा, पात भएका सागसब्जी, पालक आदिमा आइरन प्रचुर मात्रामा पाइन्छ ।

जिंकको कमीलाई यसरी गरौं पूरा

जिंकको कमीले बच्चाहरूको विकासमा बाधा उत्पन्न हुन्छ । यो कमजोर इम्युनिटी, डायरिया आदिका कारणले हुने गर्छ । चना, मसूरको दाल, कुखुराको मासु, अण्डा, एभोकाडो र कालो चकलेट आदिले बच्चाको शरीरमा जिंकको कमी हुन दिँदैन ।

भिटामिन डीको कमीलाई यसरी गरौं पूरा

भिटामिन डीको कमीले बच्चाको हड्डीलाई कमजोर बनाउन मद्धत गर्छ । घामको किरण यसको मुख्य स्रोत हो । यसका अलावा चिल्लो पदार्थयुक्त माछा, अण्डा, दूध, पनिर, आदिको सेवनले पनि शरीरमा भिटामिन डीको कमीलाई पूरा गर्न मद्धत गर्छ ।

भिटामिन एको कमीले छाला, दाँत, हड्डी र आँखामा नोक्सानी हुन्छ । यसको कमीलाई पूरा गर्नको लागि गाजर, आलु, सख्खर, हरियो पातदार सागपात, हरियो खुर्सानी, हरियो धनिया आदि सेवन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment