+
+
Shares

नेपालका लागि बंगलादेशका नयाँ राजदूत चौधरी बुधवार आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते १७:३४
फोटो : युएनबी

१८ कात्तिक, काठमाडौं । नेपालका लागि बंगलादेशी राजदूत सलाहुद्धीन नोमन चौधरी बुधबार काठमाडौं आइपुग्ने भएका छन् । केही हप्ता पहिले बंगलादेश सरकारले उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो ।

उनी चार्टर्ड विमानमार्फत काठमाडौ ओेर्लने कार्यक्रम रहेको छ । काठमाडौँ आएपछि १४ दिन क्वारेन्टिनमा बसेर उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको छ । काठमाडौं आउनुअघि यसै हप्ता उनले राष्ट्रपति अब्दुल हमिदसँग भेटघाट गरेका थिए ।

सो भेटघाटका क्रममा राष्ट्रपतिले व्यापार र लगानीको सम्बन्धमा नेपालमा ठूलो अवसर भएकाले त्यसको प्रवर्द्धनको लागि काम गर्न निर्देशन दिएका थिए । साथै उनले दुई देशको सम्बन्धलाई प्रभावकारी रुपमा अगाडि बढाउन पनि निर्देशन दिएका थिए ।

बंगलादेशले नेपाललाई मल पैंचोमा दिने सम्बन्धमा विभिन्न समस्या भइरहेको समयमा नयाँ राजदूत आएपछि प्रक्रिया अगाडि बढाउन सहज हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?