Comments Add Comment

कोभिड प्रभावित उद्योग तथा व्यवसायको पुनर्उत्थान गर्न अध्ययन

१९, कात्तिक, काठमाडौं । कोभिड प्रभावित उद्योगहरुलाई पुनर्उत्थान गर्न सरकारले नयाँ नीति र कार्यक्रम ल्याउने भएको छ । महामारीका कारण प्रभावित उद्योगहरुको संरक्षण र प्रवर्द्धनका लागि नयाँ नीति बनाउन अध्ययन थालिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

कोभिड असरबारे विवरण उपलब्ध गराउन सबै खाले उद्योगलाई आग्रह गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.नारायण रेग्मीले जानकारी दिए ।

‘उद्योगहरुले भोगेको सबै खाले समस्या दुरुस्त राख्न हामीले आहृवान गरेका छौँ यसैका आधारमा थप प्रोत्साहन र प्रवर्द्धन नीति बनाउँछौँ,’ डा. रेग्मीले भने ।

कोभिड असर झलेका उद्योग र व्यवसायीहरुबाट मन्त्रालयले ६ वटा विषयमा तथ्याङ्क खोजेको रेग्मीले बताए । व्यवसाय तथा उद्योगको प्रकृति, वर्गीकरण, उत्पादन, कोभिडमा उद्योग बन्द र सञ्चालनको अवस्थाबारे मन्त्रालयले विवरण संकलन गर्नेछ ।

यस्तै कोभिडका कारण उत्पादनमा आएको ह्रास र कच्चा पदार्थ आपूर्ति समस्या भए नभएको पनि मन्त्रालयले अध्ययन गर्ने प्रवक्ता रेग्मीले बताए । देशभर दर्ता रहेका ८ हजार बढी उद्योगको बास्तविक तथ्याङ्कपछि उनीहरुलाई राज्यले दिने सुविधाकालागि विशेष कानूनी व्यवस्था गरिने पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment