+
+
Shares

पर्यटन प्रवर्द्धनका लागि साइकल यात्रा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १९ गते १९:१८

१९ कात्तिक, कैलाली । पर्यटन प्रवर्द्धनसँगै स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले कञ्चनपुरको दोधारा चाँदनीबाट साइकल यात्रा सुरु गरिएको छ ।

विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा पर्यटन व्यवसायीको समेत सहभागीमा बुधबार कञ्चनपुरबाट ‘नेपाल साइकल उत्सव २०२०’ सुरु गरिएको हो ।

बुधबार कञ्चनपुरको दोधारा चाँदनीबाट सुरु भएको यात्रा मसिंर ९ गते झापाको काकडभित्ता पुगेर सम्पन्न हुने विश्व साइकल यात्री शाहले बताए । यात्रामा १३ जना साइकल यात्री सहभागी छन् । बिभिन्न सहरहरूमा थप साइकल यात्रीहरूको पनि सहभागिता हुने जनाइएको छ ।
पर्यटन प्रवर्द्धनसँगै स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले साइकल यात्रा सुरु गरिएको शाहले बताए ।

‘अब सुरक्षित ढङ्गबाट पर्यटन व्यवसाय सुरु गर्नुपर्छ’ उनले भने ‘हामीले त्यहि सन्देश दिन साइकल यात्रा सुरु गरेका हौँ ।’

कोरोना संक्रमण अन्त्य गर्न दैनिक कसरत आवश्यक रहेको औँल्याउँदै उनले साइकल चढ्ने बानीको विकास गर्नका लागि जनचेतना दिन खोजेको बताए ।

नेपाल साइकल यात्राले शिथिल बनेको पर्यटन व्यवसाय फेरि तङ्ग्रिन सहयोग गर्ने नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महराले बताए । साइकल यात्राको टोलीलाई धनगढीमा स्वागत गर्दै उनले कोरोना सङ्क्रमणले धराशायी बन्दै गएको पर्यटन व्यवसाय चाडै माथि उठ्ने समेत विश्वास व्यक्त गरेका थिए ,।

दोधरा चाँदनीबाट सुरु भएको साइकल यात्रा कैलालीको धनगढी, चिसापानी, ठाकुरद्वारा, नेपालगञ्ज, दाङ, बुटवल, नारायणघाट, जनकपुर, हुँदै २० दिनपछि काकडभिट्टा पुगेर अन्त्य हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?