Comments Add Comment

स्याङ्जामा एकै दिन १११ जना पक्राउ

२० कात्तिक, स्याङ्जा । एकैदिन १११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यही कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका युनिटबाट खटिएको टोलीले ९७ जना पुरुष र १४ जना महिला गरी १११ जनालाई पक्रेर जिल्ला अदालतमा उपस्थित गराएको एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

२०५९ सालदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका स्याङ्जा थुमपोखरा घर भई नवलपरासीको सुनवलमा बस्दै आएका तेजलाल डुम्रे, जबरजस्ती करणी मुद्दाका बालसिंह गुरुङ, जबर्जस्ती करणी उद्योगमा संलग्न ६ जना, हाडनाता करणीमा संलग्न ३ जना, हातहतियार खरखजना मुद्दाका ३ जना, लागु औषध मुद्दाका २ जना लगायतलाई पक्राउ गरिएको बोगटीले बताए ।

पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, जवरजस्ती करणी, मानवबेचबिखन, लागु औषध, हातहतियार खरखजना, सवारी ज्यान, बहुबिवाह, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपिट लगायतका मुद्दाका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment