Comments Add Comment

प्रिन्स सिलवालको गीतमा एसएसपी ढकालको अभिनय

काठमाडौं । बालगायक प्रिन्स सिलवालले ट्राफिक सचेतना सम्बन्धी म्युजिक भिडियो ‘ट्राफिक हाम्रै साथी’ सार्वजनिक गरेका छन् ।

गीतमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालको समेत अभिनय छ । काठमाडौंको माइतीघर, बानेश्वर, शंखमूल, पुतलीसडकलगायत विभिन्न क्षेत्रमा छायांकन गरिएको गीतमा ट्राफिक सचेतनाका लागि बालबालिका स्वयंसेवी भएर अभिनय गरेका छन् ।

डा. हरिप्रसाद सिलवाल र प्रमिला सुवेदी (पारु)ले लेखेको गीतमा प्रेम घिमिरेको संगीत छ । रमेश पाठकको निर्देशनमा नवीनबाबु गुरुङले म्युजिक भिडियो छायांकन गरेका छन् ।

गीतमा नागरिकले ट्राफिक प्रहरीलाई आफ्नै साथी र सहयोगीका रुपमा हेर्नु पर्नेमा जोड दिएको छ । गीतका निर्देशक रमेश पाठकले मुख्यगरी जेब्राक्रसिङबाट उपयुक्त समयमा बाटो काट्न, मादक पदार्थ सेवन गरेर गाडी नचलाउन, ट्राफिक बत्ती हेरेर बाटो काट्न र गाडी चलाउन तथा सकेसम्म आकासेपुलबाट हिँड्न गीतले अनुरोध गरेको जानकारी दिए ।

बाल गायक सिलवालले अभिनेता सरोज खनालसँग अभिनय रहेको गीत ‘बाबा’ गत वर्ष बजारमा ल्याएका थिए । त्यसअघि उनले ‘माया लाग्छ नेपालको’, ‘दशैं मनाउने हो’, ‘न मानामा नापिन्छ माया’ लगायतका गीत पनि सार्वजनिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment